विश्व

आगलागिमा ४८ करोड जनावर जलेर खरानी

काठमाडौं।गत महिना अष्ट्रेलियाको न्यू वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागि भएको थियो।

अष्ट्रेलियाको उक्त आगलागिले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ। हालै सार्वजनिक समाचार अनुसारउक्त आगलागिमा ४८ करोड जनावरको मृत्यु भएको थियो।

सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन्। ती वन्यजन्तु आगलागिबाटै ध्वस्त भएको रिपोर्टमा उल्लेख छ।

प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसरी नष्ट हुनेमा पशुपंक्षी र जनावर छन्। प्राध्यापक डिकम्यानले केही चिज सम्भवतः सँधैको लागि लुप्त भएको उल्लेख गरेका छन्।

उनका अनुसार उक्त क्षेत्रमा आधा करोड आदिवासी जनावर थिए। गत नोभेम्बरमा झाडीबाट शुरु भएको आगलागिले विनाशकारी डढेलोको रुप लिएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here