काठमाडौं। बाजुरामा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। हिमाली गाउँपालिका वडा नं. ७ मा बिहीबार दिउँसो जीप दुर्घटना भएको हो।

जीप सडकबाट कर्णाली नदीमा खसेको थियो। से १ ज १०६४ नम्बरको जीप दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन्।

बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here