काठमाण्डौं। बलिउड नायिका मल्लिका शेरावत लुम्बिनीको तोरीबारीमा देखिएकी छन्। मल्लिकाले सामाजिक सञ्जाल ट्वीटरमा तोरीबारीमा स्लो मोसनमा दौडिएको भिडियो क्लिप पोस्ट गरेकी छन्।

https://twitter.com/i/status/1211530892696358914

मल्लिका नयाँ वर्ष मनाउन नयाँ वर्ष शुरु हुनु भन्दा ४ दिन अगाडि नै नेपाल भ्रमणमा आएकी हुन्। यसअघि २८ डिसेम्बरमा मल्लिकाले टाइगर प्यालेस नामको रिसोर्टलाई उत्कृष्ट सत्कारको लागि धन्यवाद दिँदै भिडियो पोष्ट गरेकी थिइन्।

https://twitter.com/i/status/1211171317300416513

उनले शान्त र आनन्ददायी वातावरणमा उत्कृष्ट योगा गरेर वर्षको पहिलो दिनको सुरुवात गरेको भन्दै भिडियोसमेत सेयर गरेकी छन्।

https://twitter.com/i/status/1212258703023448064

 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here