विराटनगर। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले उक्त धारणा राखेका हुन्।

देउवाले सरकारको प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सभामुख र उपसभामुख मध्ये एउटा पद पाउनुपर्ने माग समेत गरे। पत्रकारहरुको जिज्ञाशामा सभापति देउवाले आफूले पार्टी सहमतिका आधारमा चलाउन खाजेको दाबीगरे। उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट पारे।

पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै देउवाले लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी सङ्घमा छिट्टै नेतृत्व ल्याउने बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here