समाचार

उपकुलपति चाँडो नियुक्ति गर्न आग्रह

काठमाण्डौं। नेपाल प्राध्यापक सङ्घले विभिन्न विश्वविद्यालयका रिक्त उलकुलपति र पदाधिकारीमा योग्यता, वरिष्ठता र कार्यदक्षताका आधारमा यथाशीघ्र नियुक्त गर्न माग गरेको छ। सङ्घका अध्यक्ष प्रा डा बुद्धिबहादुर थापा क्षेत्री र महासचिव नरेन्द्रप्रसाद शिवाकोटीले मंगलबार विज्ञप्ति जारी गरी शीघ्र नियुक्तिका लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका हुन्।

सरकारले ती विश्वविद्यालयका लागि उपकुलपति चयनका लागि ‘सर्च कमिटी’ गठन गरेको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here